इङ्लिस प्रिमियर लिगः बर्न्लीमाथि इभर्टनको फराकिलो जीत

इङ्लिग प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा इभर्टनले बर्न्लीमाथि ३-१ गोलको फराकिलो जीत निकालेको छ ।

इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा खेलेको बर्न्लीले दोस्रो हाफको ५३औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । खेलको ६०औं मिनेटमा इभर्टनका स्ट्राइकर केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

इभर्टनले पहिलो गोल गरेको पाँच मिनेटपछि नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । खेलको ६६औं मिनेटमा फेरी इभर्टनले तेस्रो गोल गर्दै बर्न्ली माथि फराकिलो जीत दर्ता गरेको हो ।

यो जीतसँगै इभर्टन १० अंकसहित अंकतालिकामा चौथो स्थानमा रहन सफल भएको छ । पहिलो र दोस्रो स्थानमा भने म्यानचेष्टर युनाइटेड र चेल्सी रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.