महालक्ष्मीमा नगर प्रहरी

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ ।

३० दिने आधारभूत तालिम पूरा गरेका नगर प्रहरीले आजदेखि नै काम सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले हालै १ जना नगर प्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी १४ जना करार सेवामा नियुक्त गरेको थियो ।

नगरप्रमुख श्रेष्ठले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.