क्यानाडाको निर्वाचनमा ट्रुडोको लिबरल्सको अग्रता

क्यानेडियामा सोमबार सम्पन्न संसदीय निर्बाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिएपनि सरकार निर्माणका लागि आवश्यक बहुमत सीट जित्न भने असफल भएको छ । संसदको पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्बाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका छन् ।

लिबरल पार्टीले अन्य दलकोभन्दा सिट जितेको छ । ४९ वर्षीय ट्रुडोले आफ्नो पिता लिबरल आइकन र स्वर्गीय प्रधानमन्त्री पियरे ट्रुडोको ख्याती र आफ्नो कार्यकालमा गरेका कामहरूलाई निर्बाचनमा बहुमत ल्याउने आधारसहित मध्य अवधिमा नै निर्वाचनको घोषणा गर्नुभएको थियो । उहाँले सन् २०१५ मा पहिलो पटक चुनाव जित्नुभएको थियो । उहाँले आफ्नो पार्टीलाई दुई निर्वाचनमा नेतृत्व गर्नुभएको छ ।

ट्रुडोका लिबरल्स सदस्यले सन् २०१९ मा जितेको भन्दा एक सीट कम अर्थात् १५६ सीटमा अग्रता वा निर्वाचित भएका छन् । अग्रता कायम गरेका सबै स्थानमा जितेमा पनि यो सङ्ख्या हाउस अफ कमन्समा बहुमतका लागि आवश्यक १७० मध्ये १४ सीटले कमी हुनेछ । कन्जरभेटिभ पार्टीका सदस्यले १२१ सिटमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । सन् २०१९ मा उनीहरूले जितेको सङ्ख्या पनि यही हो ।

यहाँको वामपन्थी न्यू डेमोक्र्याट पार्टीका सदस्यले २७ स्थानमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । बामपन्थी दललाई पहिलेभन्दा तीन सिटको लाभ मिल्ने देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.