एकीकृत समाजवादीले भोलि महासचिव चयन गर्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिव चयन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा प्रवेश पाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहनुभएन ।

बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । बिहीबारको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो पनि टुंगो लगाउने तयारी छ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.