नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास

काठमाडौं– नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ ।

काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने प्रयास गरेका हुन् । उनले श्रीपेच कभर गरिएको बुलेटप्रुफ सिसा फुटाउने प्रयास गरेका थिए ।

सुरक्षामा खटिएका सेनाले घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।

‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.