सान मारिनोमा गर्भपतनलाई मान्यता दिनुपर्ने पक्षमा बहुमत

क्याथोलिकहरुको बाहुल्य रहेको युरोपको सानो गणतन्त्र राज्य सान मारिनोमा भएको जनमत संग्रहमा गर्भपतनलाई मान्यता दिनुपर्ने पक्षमा अत्यधिक बहुमत आएको छ ।

जनमत संग्रहको परिणामले १ सय ५० वर्ष पुरानो कानुनमा परिवर्तन गर्दै १२ हप्तासम्मको गर्भलाई कानुनी रुपमा गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । जनमत संग्रहमा सहभागी मध्ये ७७ प्रतिशतले १२ हप्तासम्मको गर्भलाई वैधानिक रुपमा गर्भपतन गराउनु पाउनुपर्ने पक्षमा मतदान गरेका छन् । यसैगरी गर्भधारणका कारण आमाको स्वास्थ्यमा खराबी आउने अवस्था आएमा जुनसुकै समय पनि गर्भपतन गर्न पाइनेछ ।

सान मारिनो गर्भपतनलाई मान्यता नदिने युरोपकै एक मात्र मुलुक रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.