मन्त्रिपरिषद्ः तीन अध्यादेश संसदमा पेस गर्ने निर्णय, गोरखापत्रको अध्यक्षमा सुवेदी, समाजकल्याणका पदाधिकारीको राजीनामा स्वीकृत

काठमाडौं– सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय सदन समक्ष पेस गर्न निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब सम्बन्धि विधेयकका अतिरिक्त सपथ र नेपाल प्रहरी सम्बन्धी विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
बैठकले समाजकल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय समेत गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्