राष्ट्रसंघको ७६ औ महासभालाई न्युयोर्कमा परराष्ट्रमन्त्री डाक्टर खड्काको सम्बोधन

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड- १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्नेक्रममा परराष्ट्रमन्त्री खड्काले सो कुरा बताउनु भएको हो ।

नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी मन्त्री खड्काले दिनुभयो ।

सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताउनु भयो ।

कोभिड-१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गर्नुभयो ।

नेपालले विश्वशान्ति , सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीति अवलम्वन गरेको स्पष्ट गर्दै मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको चर्चा गर्नुभयो ।

आतंकवाद मानव अस्तित्वको सत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताउनु भयो । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट गर्नुभयो ।

अफ्गानिस्तान , लिविया लगायत व्दन्व्दग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको उहाँले बताउनु भयो ।

नेपालमा विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले संबोधनका क्रममा उल्लेख गर्नुभयो । प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा हुनुहुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.