‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा

काठमाडौं– ‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ ।

नेपाल टेलिभिजन र प्रतियोगिता सञ्चालन गर्दै आएको एक्रेटिक मिडियाबीच आइतबार प्रसारण सम्झौता भएको छ । नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गर्नुभयो ।

‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन नेपाल टेलिभिजनमा हुन लागेको हो । सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने छ ।

कार्यक्रममा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गर्नुभएकोमा अभिनेता राजेश हमाललाई स्वागत गर्नुभयो । कार्यक्रमको क्वीज मास्टर राजेश हमाल हुनुहुन्छ । महाप्रबन्धक वलले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

२४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८:५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.