राजमार्ग छेउमा सञ्चालन भएका होटल व्यवसायीबाट ठगिदै यात्रु

काभ्रे- काभ्रे जिल्ला भएर नेपालको पूर्वी तराई जोड्ने विपी राजमार्ग छेउछाउमा सञ्चालन गर्दै आएको होटल व्यवसायीहरुबाट यात्रुहरु ठगिने गरेको पाएको छ ।

जिल्ला बजार अनुगमन समितिले गरेको बजार अनुगमनको क्रममा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी सञ्चालनमा ल्याएको ती होटलहरुले मूल्यसूची नै नराखी विक्री वितरण गर्दै आएको खाजा परिकारका सामानमा आवश्यक भन्दा बढी मूल्य लिने गरेको पाईएको हो ।

विपि राजमार्ग अन्तर्गत धुलिखेलदेखि नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारसम्म गरिएको अनुगमनको क्रममा यात्रुहरुले खाने गरेको खाद्य सामग्रीमा बढि मूल्य लिएको र सरसफाईमा कमि देखिएको पाईएकाले त्यस्ता होटल सञ्चालकहरुलाई घरेलु कार्यालयमा बोलाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव प्रसाद पुडासैनीले बताउनुभयो ।

सरसफाई नदेखिएको र सर्वसाधारणको स्वास्थ्यप्रति लापर्वाही गर्नुको कारण सोधी आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाउने र सबै पसलहरुले दशैं अगाडी नै त्यस्ता पसल तथा होटल सञ्चालकहरुले कुन सामानको मूल्य कति भनेर सबैले देखिने गरी प्रस्ट मूल्यसूची राख्नुपर्ने र न्यायोचित मुल्य लिने व्यवस्था गर्न निर्देशन दिएको पुडासैनीले बताउनुभयो ।

जिल्ला बजार अनुमगन समितिका संयोजक समेत रहनुभएका काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले अनुगमनको क्रममा होटलहरुको खाना पकाउने ठाउँ फोहोर देखिएको, सरसफाईमा ध्यान नदिएको लगायतका अवस्था पाएकोले त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको बताउनुभयो ।

सो क्रममा कतिपय व्यवसायीहरुले दर्ता गरेर सञ्चालन गरेपनि नवीकरण नगरी सञ्चालन गरिरहेको पाएको र किराना र होलसेल पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु, पिठो फेला पर्नुका साथै खाद्यन्नमा ब्राण्ड एप्पल लेखिएको भएपनि कम्पनीको नाम र छाप नभएको पाईएकोले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

यात्रुहरुले लामो यात्रा गर्दा बीच बाटोमा नखाउँ भन्दा पनि धेरै टाढासम्म गाडीमा हिड्नुपर्ने र खाउँ भने पनि मूल्य भन्दा धेरै बढी लिने गरेका कारण ठगिमा पर्ने गरेको गुनासो गरेका छन् । टोलीले विभिन्न खालका व्यवसाय गरी ५२ वटा पसलमा अनुगमन गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.