मन्त्रिपरिषद् बैठकः साफ उपविजेता नेपाली टिमलाई जनही पाँच लाख, मुस्लिम समूदायलाई भोलि सार्वजनिक बिदा

काठमाडौं– सरकारले नेपाली फुटबलको राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले फुटबलका कोचहरुलाई तीन लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी अबुधाबी डायलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.