टी-ट्वान्टी विश्वकपः अष्ट्रेलिया र न्युजिल्यान्ड आज फाइनलमा भिड्दै

आइसीसी टी-ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलिया दोस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

फाइनल खेल आज दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७.४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ ।

अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको थियो भने न्युजिल्यान्ड इङल्यान्डलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो । न्युजिल्यान्ड पनि पहिलो पटक फाइनलमा पुगेको हो । यी दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधी भने पहिलो हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.