सुडानमा सैनिक ‘कू’ को अन्त्य

गत महिना प्रधानमन्त्रीलाई घरमै नजरबन्द गरी सुडानमा शुरु गरिएको सैन्य कुको अन्त्य भएको छ ।

अपदस्त गरिनुभएका प्रधानमन्त्री अब्दुल्लाह हमदुकलाई प्रधानमन्त्रीमा पुनर्वहाली गरिएको छ । प्रधानमन्त्री हमदुक र सैनिक जर्नेल तथा सैन्य कुका नेता अब्देल फताह बुरहानबीच शक्ति बाँडफाड सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको दृश्य संचार माध्यमहरुमा देखिएको छ । प्रधानमन्त्रीले सैनिक शासकसँग सम्झौता गरेकोमा आन्दोलनरत सर्वसाधारण भने असन्तुष्ट देखिएका छन् ।

सैनिक शासक र प्रधानमन्त्री बीच सम्झौता भएपछि पनि युवाहरुले सडक संघर्षलाई जारी राखेका छन् । दुई वर्षका लागि हमदुकलाई प्रधानमन्त्रीमा मनोनयन गरेको नागरिक गठबन्धनले कुनै पनि सम्झौता गर्न अस्वीकार गरेको थियो ।

सडकमा निस्किएका युवाहरुकै हातमा सुडानको भविष्य रहेको फोर्सेस फर फ्रिडम एण्ड चेन्ज नामक गठबन्धनले जनाएको छ । सेना राजनीतिबाट पूर्ण रुपमा अलग हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाका सर्वसाधारण माथि राजधानी कार्तुममा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका छन् ।

गत २५ अक्टोबरमा सेनाले कु गरेपछि भएको प्रदर्शनमा ४० जना सर्वसाधारण मारिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.