एमालेको १०औँ महाधिवेशन भोलिदेखि : चितवनमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम शुरु

काठमाडौँ- नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलीदेखि चितवनमा सुरु हुँदैछ ।

महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन पुग्ने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि चितवन पुग्न थालेका एमालेले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्च निर्माण लगायतका सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.