पदभार ग्रहण गरेको केही घण्टामा नै स्वीडेनकी प्रधानमन्त्रीको राजिनामा

स्विडेनमा प्रधानमन्त्री बन्नु भएकी माग्डालेना अन्डेर्सनले नियुक्ति भएको केही घण्टामा नै राजिनामा दिनुभएको छ। उहाँले ट्वीटरमार्फत आफूले राजिनामा दिएको घोषणा गर्नुभएको हो ।

अन्डेर्सनले त्यहाँका राजासँग कुनै सल्लाह नै नगरी राजिनामा दिनुभएको सीएनएनले जनाएको छ । संसदमा सरकारले पेश गरेको बजेट फेल भएपछि प्रधानमन्त्रीको राजिनामा आएको हो ।

त्यहाँको सत्ता साझेदार दलमध्ये एउटा दलले बजेटको विपक्षमा मतदान गरेपछि बजेट फेल भएको थियो । स्विडेनमा गठबन्धन दल बाहिरिएपछि स्वत: प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने संवैधानिक प्रावधान छ ।

अन्डेर्सन  स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभएको थियो । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो ।

निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए ।।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.