एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

चितवन– नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ ।

संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उदघाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुव्र्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी समेत गर्ने जानकारी दिनुभयो ।

‘हाम्रो पार्टी लैंगिक समता र संवेदनशीलतालाई आत्मसात गर्ने पार्टी हो,’ कार्कीले भन्नुभयो, ‘यस पार्टीका कार्यकर्ताबाट त्यस्ता असंवेदनशील घटना हुँदैन भन्नेमा हामी ढुक्क छौँ, यद्यपि जनसमुदायको लहरमा त्यस्तो घटना हुनसक्ने जोखिम भएकोले संवेदनशील हुन अपिल गर्दर्छौँ ।’

अनेमसंघले आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै सार्वजनिक रुपमा हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.