एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्‍याइयो, उपाध्यक्ष र उपमहासचिव संख्या थप

काठमाडौं– नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ ।

केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिनुभयो ।

एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ ।

बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.