न्याय क्षेत्र ध्वस्त भएको छः अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय क्षेत्र ध्वस्त भएको बताउनुभएको छ ।

बुधबार निजी निवास बालकोटमा नेपाल बार एसोसिएसनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले पैसा हुनेले मात्रै न्याय पाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘न्यायालयप्रति बोल्न नपाउँदा यस्तो स्थिति आएको हो, स्वतन्त्रताको सदुपयोग हुनुपर्छ,’ उहाँको भनाइ थियो, ‘न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्छ स्वच्छ नैतिकवान हुनुपर्छ ।’

अध्यक्ष ओलीले संसदलाई छलेर परमादेशबाट प्रधानमन्त्री छानिएसँगै न्यायिक विचलन देखिएकोसमेत उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो दलसँग एक तिहाइभन्दा बढी मतमात्रै रहेकाले सवै दलबीच सहमति आवश्यक रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.