कांग्रेस महाधिवेशनः महामन्त्रीको मनगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ ।

बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला सुरु भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले नेपालटीभीअनलाइन डट कमलाई जानकारी दिनुभयो । समितिका अनुसार कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा तीनदेखि चार घण्टामा सार्वजनिक हुनेछ ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो ।

सोमबारको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.