नेपाली कांग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी

७ जना सहमहामन्त्रीका लागि १६ जनाबीच प्रतिस्पर्धा

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना जारी छ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना भइरहेको भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहनुभएको छ । त्यस्तै, गंगा सुनारले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवार दिनुभएको छ ।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट विकास लामा उम्मेदवार हुनुहुन्छ । अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रीय सहमहामन्त्री (महिला) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ कमला पन्त
२ महालक्ष्मी उपाध्याय “डिना”

केन्द्रीय सहमहामन्त्री (दलित) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ गंगा सुनार
२ जीवन परियार
३ मान बहादुर विश्वकर्मा

केन्द्रीय सहमहामन्त्री (आदिवासी जनजाती) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ विकाश लामा
२ भीष्मराज आङदेम्बे

केन्द्रीय सहमहामन्त्री (खसआर्य) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ किशोरसिंह राठौर
२ देवराज चालिसे

केन्द्रीय सहमहामन्त्री (मधेसी) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ महेन्द्र यादव
२ रञ्जीत कर्ण
३ रामकृष्ण यादव

केन्द्रीय सहमहामन्त्री (मधेसी) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ फरमुल्लाह मन्सुर
२ शेख वकील

केन्द्रीय सहमहामन्त्री (थारु) १ सिटको लागि

क्र.सं. उम्मेदवारको नाम मत   परिणाम
१ उमाकान्त चौधरी
२ तेजुलाल चौधरी

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.