बुस्टर डोजबारे के छ सरकारको तयारी ?

काठमाडौं– कूल जनसङ्ख्याको ५० प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कोरोना विरुद्धको खोपको ‘बुष्टर डोज’ लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकिएको मन्त्रालयको तथ्याङ्क छ । भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । साथै विश्व स्वास्थ्य सङ्गठनले पनि ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटुरोगी, मिर्गौला र दीर्घरोगीलाई मात्र ‘बुष्टर डोज’ लगाउनका लागि सिफारिस गरे पनि आम रुपमा सबैलाई ‘बुष्टर डोज’ अनिवार्य दिनुपर्ने बारेमा नबोलेको पनि मन्त्रालयको भनाइ छ ।

यही पुस ४ गतेदेखि प्रत्येक स्कुलमा खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई खोप लगाउने तयारी मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.