‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’

काभ्रे– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ

निर्वाचन आयोगले काभ्रेको धुलिखेलमा आजबाट सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठि’मा बोल्नुहुँदै थपलियाले अहिलेको जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुँदै गरेको कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटा नै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आगोग जुटिरहेको बताउनुभएको छ ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएको कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्नको लागि ताजा जनादेशका साथ समयमा नै जनप्रतिनिधिहरु दिने विषयमा आयोग गम्भीर रहेको उहाँले बताउनुभयो ।

थपलियाले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलहरुको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रहरुको व्यवस्थापनको काम गर्ने भएकाले निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको गोष्ठी पनि भएको उहाँले बताउनुभयो ।

गोष्ठीमा छापा र टेलिभिजन लगायतका सञ्चारमाध्यममा कार्यरत २६ जना पत्रकार महिलाहरुको सहभागिता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.