अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताउनुभएको छ । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।

सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.