यस वर्ष कन्काई नदीमा लाग्ने माईमेला स्थगित

झापा- झापाको कन्काई नदी किनारमा लाग्दै आएको माघे संक्रान्ति मेला यस बर्ष कोरोना संक्रमणका कारण स्थगित गरिएको छ ।

कन्काई नगरपालिका र शिवसताक्षी नगरपालिका प्रमुख र प्रतिनिधीहरुको बैठकले माघे संक्रान्तिका अवसरमा पुष २८ गतेदेखि माघ २ गतेसम्म कन्काई नदीको दुवै किनारमा बर्षौंदेखि लाग्दैआएको माईबेनी मेला यस बर्ष नलगाउने निर्णय गरेको हो ।

माघ १ गते माघे संक्रान्तिका अवसरमा मकर स्नान र पुजापाठ गर्न नेपाल र भारतको दार्जिलिङ्, सिक्किम, असामबाट ठुलो संख्यामा भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

कन्काई र शिवसताक्षी नगरपालिकामा पर्ने कन्काई माई नदि किनारमा कुनैपनि प्रकारको मेला-महोत्सव, मनोरञ्जन लगायतका गतिविधी र भिडभाड नगर्न प्रसासनले आग्रह गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि झापामा समेत जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सूचना जारि गर्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनितिक कार्यक्रम तथा धेरैजना उपस्थित हुने प्रकृतिको कार्यक्रम नर्गर्ने र अर्को सुचना नभएसम्म सर्वजनिकस्थलहरुमा २५ जना भन्दा बढि भेला हुन रोक लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.