सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा

काठमाडौं- नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हाल्नुभएको छ ।

करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहनुभएका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गर्नुभएको हो ।

बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.