स्याङ्गजामा डायलाइसिस सेन्टर सञ्चालनमा

स्याङ्जा- रोटरी क्लव अफ वालिङको पहलमा स्याङ्जाको वालिङस्थित भकुण्डेमा निशुल्क डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । झण्डै ६ करोडको लागतमा निर्माण गरिएको उक्त सेन्टरबाट स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा र दक्षिण पर्वतका मृगौला पिडीतहरुले उपचार पाउने छन । वालिङ सामुदायिक डायलाइसिस सेन्टरले ८ वटा डायलाइसिस मेशिन संचालनसँगै आफ्नो नियमित सेवा शुभारम्भ गरेको हो ।

मृगौला रोगीहरुको संख्या दिनानुदिन बढ्न थालेपछि स्याङ्जाको वालिङमा निशुल्क डायलाइसिस सेन्टर सञ्चालनमा ल्यािइएको छ । रोटरी क्लब अफ वालिङको पहल तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा ल्याएको हो ।

एक भेन्टिलेटरसहित ८ वटा डायलाईसिस मेशिन जडान गर्न करिव ५ करोड ५० लाख रोटरी ईन्टरनेसनलले खर्च गरेको रोटरी क्लब अफ वालिङका पूर्व अध्यक्ष राजेन्द्र डुम्रेले बताउनुभयो ।

यो सेवा संचालनमा आएसँगै पोखरा पाल्पा जानुपर्ने समस्याको अन्त्य हुने भएको छ । आफ्नै गाउँघरमा डायलाइसिस सेवा पाएपछि विरामीले रहात महशुष गरेका छन् ।

मृगौला रोगीलाई उपचार गर्न , बचाउँन र सचेत गराउन यस सेन्टरले उल्लेखिय भूमिका खेल्ने प्रतिनिधि सभा सदस्य पद्मा कुमारी अर्यालको भनाई छ ।

अहिले वालिङ आसपासका क्षेत्रमा मात्र नियमित डायलाइसिस गर्नेको संख्या करिव १५० नाघेको तथ्याङ्क वालिङ नगरभित्र रहेको नगरप्रमुख दिलीप प्रताप खाँडको भनाई छ ।

वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा मासिक ५०० जनाले निशुल्क मृगौलाको परीक्षण गर्न पाउनेछन् । यो सेवाले मृगौला रोगको रोकथाम मात्र होइन आर्थिक अभावले उपचार नपाएका बिरामीले समेत रहात पाउने भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.