पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

काठमाडौं- प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

यसैबीच काउन्सिलले आइतबार टिभी टुडे एचडीको कार्यालयमा अनुगमन गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र दीपक पाण्डे, निमित्त मुख्य अधिकृत दीपक खनाल, अधिकृत गीता पराजुली र अनुगमनकर्ता विपुल पाण्डेसहितको टोलीले टिभी टुडेको पेप्सीकोलास्थित कार्यालयमा पुगेर तलब, सुविधाका विषयमा अनुगमन गरेको हो ।

विश्वकर्मा ५ महिनादेखि टिभी टुडेमा कार्यरत हुनुहुन्थ्यो । बिरामी भएका समयमा पनि उनले आफू कार्यरत संस्थाबाट तलब, सुबिधा नपाएको गुनासो आएपछि अनुगमन गरिएको प्रेस काउन्सिलले जनाएको छ ।

श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.