कोरोना संक्रमण स्थिर, मृत्यु संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण दर स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ जनामा गरिएको नमूना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मृत्युमा भने उल्लेख्य वृद्धि भएको छ । २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.