५७० जनामा संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं– कोभिड- १९ बाट २४ घण्टामा ५७० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नौ हजार ७८९ स्वाब परीक्षण गर्दा ५७० जनामा कोरोना पुष्टि भएको हो। आज सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा र दुई हजार ७६१ जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ।

कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन्।

२४ घण्टामा एक हजार ९९३ जना निको भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.