कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

कैलाली- नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हँुदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।

नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् ।

निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिनुभएको छ । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनुभएको छ ।

भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिनुभएको छ ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशङ्कर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिनुभएको छ । उहाँको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.