सशस्त्रको एआइजीमा अर्याल सिफारिस

काठमाडौँ- गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस
गरेको छ ।

मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क) बमोजिम उहाँलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डिआइजी अर्याल वरियतामा पहिला नम्बरमा हुनुहुन्छ । डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा हुनुहुन्छ ।

यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली थियो ।

समितिले बढुवाउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सूचनामार्फत अनुरोध गरेको छ ।

पदोन्नति भएको खण्डमा अर्याललाई यही वैशाख १८ पछि सशस्त्र प्रहरी बलको नेतृत्व (महानिरीक्षक) सम्हाल्ने बाटो खुला हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.