चितवनमा आजदेखी ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

चितवन- चितवनमा आजदेखी ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्साअन्तर्गत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताउनुभयो । उहाँले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वदेश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसँगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा.प्रा डा बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

दाँतको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताउनुभयो ।

दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यसमध्ये बाङ्गाटिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।

अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुने डा पुजा कोइरालाले बताउनुभयो ।

पहिलो सत्र आज चितवन मेडिकल कलेजमा र बाँकी दुई दिनको सत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादव जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.