मनोनयनको दोस्रो दिन जे देखियो….(फोटो फिचर)

काठमाडौं– स्थानीय तह निर्वाचन, २०७९ का लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन समय दिए पनि साँझ अबेरसम्म मनोनयन जारी रह्यो । निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको थियो । तर, प्रमुख दलले पहिलो दिन मनोनयन दर्ता नगरेका कारण सोमबार भीडभाड रह्यो ।

देशभरका ७५३ स्थानीय तहमा आगामी वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ ।

स्थानीय तह निर्वाचनमा यसपटक सत्ता गठबन्धनले कतिपय जिल्लाका स्थानीय तहमा गठबन्धन गरेको छ । एमालेले पनि राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेको छ । त्यसो त ठाउँअनुसार गठबन्धनभित्र र बाहिरका दलहरुबीच तालमेल भएको छ ।

झापामा एमालेले कांग्रेससँग पनि तालमेल गरेको छ भने कांग्रेस र माओवादी केन्द्रले राप्रपालाई प्रमुख मानेर दमक नगरपालिकामा तालमेल गरेका छन् । रुकुममा एमाले र कांग्रेसको तालमेल भएको छ ।

kf]v/f, !@ j}zfv . :yfgLo txsf] lgjf{rgsf] nflu kf]v/fsf] ;lxbrf]s l:yt d’Vo lgjf{rg clws[tsf] sfo{notkm{ pDd]bjf/L btf{sf nflu hfFb} g]kfnL sfFu|]];sf sfo{stf{ Pjd ljleGg j8fsf pDd]bjf/x? . t:jL/ M hd’gf jiff{ zdf{, /f;;

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.