स्थानीय तह निर्वाचनमा घर फर्कनेको लर्को

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मताधिकार प्रयोगका लागि उपत्यकाका कलंकी, बनेपा लगायतका ठाउँबाट विभिन्न जिल्लामा फर्कने क्रम बढेको छ ।

काभ्रेको वीपी र अरनिको राजमार्ग भएर तथा कलंकीबाट बाहिरिने यात्रुबाहक सानो तथा ठूला सवारीसाधन विभिन्न जिल्लामा फर्कने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका छन् ।

उपत्यका बाहिरका पूर्वी जिल्लाहरुसँगै तराइ जोड्ने बनेपा-बर्दिवास विपी राजमार्गमा गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी साधनको चाप बढेको हो ।

मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.