बूढानीलकण्ठमा नौ वडाको मतगणना, प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । केहीबेर अगाडि नौवटा वडाको मतगणना सम्पन्न हुँदा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले छ हजार ९८६ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद चालिसेले छ हजार ६०९ मत ल्याउनुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अनिता लामाले सात हजार ४०० मत ल्याई अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेवार रमिला वाग्लेले छ हजार ९९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

वडा नं ९ को वडाध्यक्षमा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी हुनुभएको छ । अध्यक्ष पाण्डेले ९४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत प्राप्त गर्नुभयो । वडा नं ९ को खुला सदस्यमा कांग्रेसका रमेशकुमार गौतम र श्याम कार्की, महिला सदस्यमा कांग्रेसकी शान्ति पाण्डे र दलित महिला सदस्यमा सुमी परियार विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो । कूल ४८ हजार ३०४ मतदाता रहेको नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । नगरपालिकामा १३ वडा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.