पर्वतको फलेवासमा गठबन्धनका उम्मेदवार तिवारी र क्षेत्री विजयी

पर्वत- पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका गङ्गाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको हो । तिवारीले एक हजार ३६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणि शर्मालाई पराजित गर्नुभएको हो । तिवारीले सात हजार ७०० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले छ हजार ३३८ मत प्राप्त गनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले छ हजार ३२७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँकी प्रतिस्पर्धी एमालेकी मञ्जु अधिकारीले छ हजार ५७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा २७० मतको अन्तर रहेको छ ।

फलेवासमा पुरानै अनुहार दोहोरिएका हुन् । अहिले पराजित बनेका पदमपाणि शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ । विसं २०७४ को स्थानीय निर्वाचनमा अहिले विजयी भएका तिवारी र क्षेत्री झिनो मतले पराजित हुनुभएको थियो । गठबन्धनका कारण अहिले उहाँहरूले जित्नुभएको हो ।

फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं २, ५, ७,८ र ११ मा एमाले विजयी भएको छ भने वडा नं १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.