इलामको माइ नगरपालिकामा एमालेको वर्चश्व

इलाम- इलामको माइ नगरपालिकामा गठबन्धन दलहरुलाई पछाडि पारेर नेकपा एमालेका उमेद्वारहरु प्रमुख र उपप्रमुख पदमा विजयी बनेका छन् । प्रमुखमा खम्बासिंह लिम्बु निर्वाचित बन्नु भएको छ भने उपप्रमुखमा हिमा भण्डारी विजयी बन्नुभएको छ ।

गएराति अबेर सकिएको मतगणनाको नतिजा अनुसार प्रमुखमा खम्बासिंह लिम्बुले ८ हजार १ सय ३२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो ।

माइ नगरपालिकाको उपप्रमुखमा नेकपा एमालैकी हिमा भण्डारीले ७ हजार ८ सय ७५ मत प्राप्त गरी विजयी बन्नुभयो । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उमेद्धार हेम बहादुर लिमबुले ६ हजार ३ सय ३६ मत प्राप्त गर्नुभयो ।

२०७४ सालको स्थानिय निर्वाचनमा पनि दक्षिणी इलामको माइ नगरपालिकामा नेकपा एमालेले प्रमुखउपप्रमुख सहित बहुमत वडामा जीत हासील गरेको थियो ।

यसपटक माइ नगरपालिकामा नगरका सात वडामा एमालेका उमेद्वारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उमेद्वारहरु तीनवटा वडामा निर्वाचित भए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.