भारी मतान्तरले हराउँदै पुनर्वास नगरपालिकामा काँग्रेसका उम्मेदवार बिजयी

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि तोय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया कुमारी रानाले भारी मतान्तरले बिजयी भएका हुन् ।

२०७४ सालको स्थानिय निर्वाचनमा पराजय भोगेका दुवैजनाले यस पटक आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै बिजयी भएका छन् । नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उमेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५,३३२ मत अन्तरले हराउँदै बिजयी हुनुभएको हो । शर्माले १०,००६ मत प्राप्त गर्नुभएको छ भने एमालेका पदम पुजाराले ४,६७४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उमेदवार रहेका धोखे रानालाई पराजित गर्दै नेपाली बिजयी हुनुभएको छ । भुलियाले ७,३४५ मत प्राप्त गर्नुभएको छ भने धोखेले ५,४९२ मत मात्र प्राप्त गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.