सुन्दरहरैचामा नेकपा एमालेका उम्मेदवार विजयी

मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गर्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिकाको बाह्र वडा मध्ये नेपाली कांग्रेसका ५, नेकपा एमालेका ६, एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको छ । मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.