ओली सरकारकै पालामा एसपीपी सम्झौताः दाहाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभएको छ । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको उहाँको जिकिर थियो ।

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा बिहीबार बिहान भएको कार्यक्रममा अध्यक्ष दाहालले एसपीपी सम्झौता नहुनेसमेत दाबी गर्नुभयो । ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा एसपीसी सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाउनुभएको दाहालको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.