नागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षाभत्ताबाट बञ्चित

दार्चुला- जिल्लाको अपीहिमाल गाउँपालिका-६ राङ्पाङ बस्ने ८८ वर्षीया बिन्द्रा धामीसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ ।

पाको उमेर भइसकेकी धामी न कान सुन्नु हुन्छ, न आँखा देख्नु हुन्छ । शारीरिक रुपमा अशक्त भएपनि उनीसँग नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र पनि छैन ।

वृद्धावस्थामा छोराहरुको साथ नपाएकी धामी अहिले नाति-बुहारीको घरमा जीन्दगीका बाँकी दिन कटाइरहेकी छिन् । छोरा तथा आफन्तहरुले नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको धामीको गुनासो छ ।

देशमा संघीयता आएर स्थानीय सरकार गठन हुँदा सिंहदरवार गाउँमा आएको भनिएपनि धामीका लागि भने यो आकाशको फल आँखा तरी मर भने जस्तै सावित भएको छ ।

पाँच वर्ष बित्दा पनि वडाबाट उनको नागरिकताका लागि सिफारिस भएको छैन । यस विषयमा नवनिर्वाचित वडा नम्बर ६ का अध्यक्ष धनसिंह धामीले छिट्टै वडाबाट सिफारिस गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि वडाको सिफारिस नआएको बताउँदै नागरिकता नपाएको भए प्रशासनले सहजीकरण गर्ने जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.