पेट्रोल पम्पहरुमा अनुगमन

काभ्रे- काभ्रे जिल्लामा रहेका पेट्रोल पम्पहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको नेतृत्वमा नापतौल विभाग र आयल निगमको संयुक्त अनुगमन टोलीले जिल्लामा सञ्चालित पेट्रोल पम्प तथा डिजेल पम्पहरुको अनुगमन गरिएको हो ।

काभ्रेको साँगादेखि धुलिखेलसम्म संचालनमा रहेका पेट्रोल पम्पहरु अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिनुभयो ।

सहायक प्रजिअ सुनुवारका अनुसार साँगादेखि धुलिखेलसम्म गरिएको अनुगमनका क्रममा बनेपा-६ मा रहेको पाँचकुमारी आयल स्टोरमा एक नजिर बिग्रिएकोले मर्मत गरी चलाउन निर्देशन दिएको छ ।

पेट्रोल नाप्दा एउटा पम्पमा शून्य लेबलभन्दा केही बढी देखिएकोले नेपाल आयल निगमबाट पूर्ण जाँच गराइ शून्य लेबलमा ल्याइ संचालनमा ल्याउन आयल स्टोरलाई कार्यालयले निर्देशन दिएको छ ।

जिल्लामा रहेका सबै पम्पहरुलाई स्टोर ट्यांकी व्यवस्थित गर्न र पेट्रोलियम पदार्थ भर्न आएका सवारी साधन पार्किङ्ग व्यवस्थित गर्न निर्देशन समेत दिएको थियो ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय काभ्रे, नेपाल आयल निगम, गुणस्तर तथा नाप तौल विभाग, बनेपा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.