महालक्ष्मीमा २ अर्ब १८ करोडको बजेट पारित

काठमाडौं- महालक्ष्मी नगरपालिकामा सवा दुई अर्बको बजेट पारित भएको छ ।

नगर सभामा उपप्रमुख लक्ष्मी महर्जनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको २ अर्व १८ करोड ५५ लाख ७४ हजार ६ सय ४ रुपैयाँको बजेट पारित भएको हो । विनियोजन मध्ये चालुतर्फ ५९ करोड ८० लाख ८७ हजार ६ सय ५० रुपैयाँ र पुँजीगत तर्फ १ अर्व ५८ करोड ७४ लाख ८६ हजार ९ सय ५४ रुपैँया रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोत मध्य आन्तरिक आय तर्फ २२ करोड, राजश्व बाँडफाड मार्फत ३८ करोड, संघीय सरकारको समानीकरण अनुदान १९ करोड ९४ लाख, प्रदेश सरकारको समानीकरण अनुदान १ करोड ९७ लाख २२ हजार, संघीय सरकारको सशर्त अनुदान २४ करोड १४ लाख, प्रदेश सरकारको शसर्त अनुदान १ करोड ६५ लाख ५ हजार ६ सय ४ रुपैया, समपुरक अनुदान १ करोड २० लाख बाट व्यहोरिने जनाइएको छ ।

नगरपालिकाले पूर्वाधारहरुको विकास, खानेपानी, पर्यटन, सामाजिक विकास, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, सुशासन सहितको कार्यालय सञ्चालन, विद्युतीय प्रणालीको प्रवर्द्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड, वडा नं १ मा बहुउद्देश्यीय भवन निर्माणका लागि ६ करोड र वडा नं ८ मा नगर सभा हल निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगर सभा नीति तथा कार्यक्रम र बजेट पारित भएसँगै सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.