एक साता भित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेस सरकारको ध्यानाकर्षण

जनकपुरधाम- मधेस सरकारले एक साता भित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।

गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहको नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

नेपालको संविधान को धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसूची ६ को कम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्री लाई यस अघि नै ज्ञापनपत्रसमेत बुझाई सकेको स्मरण गराउँदै मधेस सरकारले एक साता भित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।

मधेस सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशीघ्र समायोजन हुनु पर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषिमन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा सहित सहभागी रहेका थिए । ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.