सिटीको विजयी सुरुवात

प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा विजयी सुरुवात गरेको छ ।

नर्वेली फरवार्ड एरलिङ हालाण्डले लिगमा डेब्यू गर्दै व्यक्तिगत दुई गोल गरेपछि सिटीले पहिलो खेलमा वेष्टह्याम युनाइटेडमाथि दुई शून्य गोलको सानदार जित निकालेको हो । वेष्टह्यामको घरेलु मैदानमा गएराति भएको खेलको ३६ औं मिनेटमा सिटिले पाएको पेनाल्टी प्रहारलाई हालाण्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० गोलले अगाडि रहेको सिटिले दोस्रो हाफको ६५ औं मिनेटमा केभिन डे ब्रुएनको पासमा सुन्दर गोल गर्दै हालाण्डले सिटिलाई दोस्रो गोल दिलाउदै जित निश्चित गरेका थिए । यसअघि भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमै हार व्यहोरेको छ ।

आफ्नो घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेड ब्राइटनसँग २-१ गोलले पराजित भएको हो । ब्राइटनको जितमा जर्मेन मिडफिल्डर पास्कल ग्रसले व्यक्तिगत दुई गोल गरेका थिए । युनाइटेडका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका कृश्टियानो रोनाल्डोको कुनै पनि जादू खेलमा चल्न सकेन ।

त्यसैगरी हिजो सम्पन्न अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले दुई दुई गोलको बराबरीमा रोकिदै अंक बाँडेका छन् । गएराति सम्पन्न ३ खेलबाट प्रिमियर लिगको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.