कांग्रेसद्वारा सांसद प्रदीप गिरी र कर्मा घलेको स्वास्थ्य लाभको कामना

काठमाडौं– नेपाली कांग्रेसले सांसद प्रदीप गिरी र कर्मा घलेको स्वास्थ्य लाभको कामना गरेको छ ।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै घाँटीको क्यान्सरबाट पीडित गिरी र पोस्टेट क्यान्सर पीडित घलेको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

भारतमा उपचारपछि फर्कनुभएका गिरीको ललितपुरमा पुनः उपचार भइरहेको छ भने घलेको पनि मुम्बईपछि ललितपुरथित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

सचेतक विश्वकर्माले नेताद्वयको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.