महामन्त्री थापाद्वारा काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुन आवेदन दिनुभएको छ ।

थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं ४ बाट उम्मेदवार हुन आवेदन क्षेत्री समितिमा निवेदन दिनुभएको हो ।

उहाँले गएका दुई वटा निर्वाचनमा काठमाडौं ४ बाटै निर्वाचित हुनुभएको थियो ।

बुधबार नै महामन्त्री थापालाई कास्की १ बाट उम्मेदवार बनाउन शुभेच्छुक र समर्थकले आवेदन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.