राष्ट्रिय सभाका समिति सभापति निर्विरोध

काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरू निर्विरोध निर्वाचित हुने भएका छन् ।

चार समितिका सभापतिमा राजनीतिक दलहरूबीच सहमति भएपछि एक-एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

दिगो विकास तथा सुशासन समितिमा कांग्रेस सांसद प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीका वेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा एमालेकी दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.