नेपाल टेलिभिजनका संवाददाताहरुलाई तालिम

इटहरी– नेपाल टेलिभिजनका संवाददाताहरुका लागि इटहरीमा क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम सुरु भएको छ ।

इटहरीमा भएको तालिमको प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उदघाटन गर्नुभयो । कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाह, नायब महाप्रबन्धक विष्णुराम न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनले प्रदेश नम्बर १ र मधेस प्रदेशका संवाददाताहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम आयोजना गरेको हो ।

एनटीभी इटहरी च्यानल प्रमुख गजुरधन राईका अनुसार शनिबारसम्म चल्ने तालिममा समाचार लेखन, प्रस्तुतिसहित भिडियो सम्बन्धी ज्ञान प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.