म्यादी प्रहरीमा भर्ना हुन मधेस प्रदेशबाट ६६ हजार ८८४ जनाले दिए आवेदन

सप्तरी– आगमी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मधेस प्रदेशका ८ वटै जिल्लाबाट ६६ हजार ८८४ जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार ५५ हजार ५७ जना पुरुष र ११ हजार ८२७ जना महिलाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सप्तरीमा ७ हजार ३३७ पुरुष र १ हजार ६२३ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।

सिरहामा ५ हजार ५२० जना पुरुष र १ हजार २९९ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।

धनुषामा ६ हजार ७०९ जना पुरुष र १ हजार १२५ महिलाले आवेदन दिएका छन् ।

महोत्तरीमा ५ हजार ९६९ जना पुरुष र १ हजार ३३३ जना महिलाले आवेदन दिएका छन् ।

सर्लाहीमा ७ हजार ९३ जना पुरुष र १ हजार ५७० जना महिलाले आवेदन दिएका छन् ।

यस्तै रौतहटमा ७ हजार ४२० जना पुरुष र १ हजार १६३ जना महिलाले आवेदन दिएका छन् ।

बारामा ८ हजार ९३९ जना पुरुष र २ हजार ४६६ जना महिलाले आवेदन दिएका छन् ।

त्यस्तै, पर्सामा ६ हजार ७० जना पुरुष र १ हजार २४८ जना महिलाले आवेदन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.